सलमान र युलियाको बिवाह हुने



काठमाडौं, ३ माघ

रोमानियाकी सुन्दरी युलिया वन्तुर र सलमान खान बिच प्रेम सम्बन्ध रहेको भन्दै अब चाडै उनीहरुले बिवाह समेत गर्ने खबरहरु बाहिर आइरहेका छन् । यसैबेला युलिया वन्तुरले सलमानसँगको विवाहबारे एक कार्यक्रमबिच मिडिया सामु खुलासा गरेकी छन् । उनले भनेकी छिन ‘सलमान र म  विचको प्रेम सम्बन्धको बारेमा मिडियामा  विभिन्न  खबरहरु  आइरहेका हुन्छन् । तर, ति मध्ये धेरै कुराहरु असत्य हुन्छन्  र पनि आफूले त्यस्ता सबै अफवाहहरु रोक्न नसकेको कुरा बताएकी छिन् ।

युलिया भन्छिन् ‘सलमान प्रति मेरो मनमा धेरै सम्मान छ, म आफैलाई मेरो जिन्दगीले मलाई कता मोड्दैछ भन्ने थाहा छैन । हामीहरु आफ्नो जीवनमा धेरै योजना बनाउछौं तर ति सबै कुरा हामीले सोचे अनुसार हुदैनन् । यदि कुनै कुरा हुनु छ भने त्यो भएर छाड्छ ।’

यसअघि आफूले कहिले पनि भारत आएर काम गर्ने नसोचेको र यसबारे कुनै योजना पनि नरहेको बताईन । सलमानले नै  आफुलाई भारत आएर भविष्य बनाउन सहयोग गरेको र आफूले हिन्दी गित गाउँन सोच्दै नसोचेको  भन्दै युलियाले भनिन  सलमान  मेरा असल  साथी हुन । सलमानसँगको विवाहको खबर गलत हो ।

सलमान र युलिया सलमानका घरमा आयोजित केही कार्यक्रम तथा समारोहमा एकसाथ देखिरहन्छन ।सलमानकै हौसला र सहयोगका कारण गीत गाउन सफल भएको कुरा पनि बताईन । सलमानको परिवारससँग पनि युलिया निकै नजिक छिन् । सलमानले युलीयाको हिन्दी गितको लिंक ट्वीटर मार्फत सेयर गर्दै युलियालाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्