युट्युबमा हिट, ‘लिलिबिली’को गीत



काठमाडौं, ३ माघ

फिल्म ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ ?’ युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बरमा आइपुगेको छ । नेपाली चलचित्रका स्टार प्रदीप खड्का अभिनीत गीत इन्टरनेट रिलिजको झण्डै ४० घण्टामा युट्युबको शिर्ष स्थानमा आएको छ  । साढे ६ लाख पटक हेरिसकिएको गीतलाई १२ हजार बढी लाइक्स मिलेको छ ।१ हजार ९ सय बढी कमेन्टमा भिडियोलाई अधिकांशले उत्कृष्ट भनेका छन् । लोकेशनको सबैले तारिफ गरेका छन् ।

गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । प्रदीप र नव-नायिका जसिता गुरुङको केमेष्ट्रीलाई पनि निकै रुचाइएको छ ।

नेपाल आइडलका दोस्रो रनरअप प्रताप दास र चर्चित गायिका मेलिना राईले आवाज दिएको गीतमा एलिस कार्कीले संगीत भरेका हुन् । गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन् ।

बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई मिलन चाम्ससले निर्देशन गरेका हुन् । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको यो फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्