प्रेम कहानीमा विश्वकै चर्चित मोटो जोडी



काठमाडौं, ३ माघ

दुईजना विवाहित जोडी अमेरिकाको मिसोरीमा बस्छन् । उनीहरुको दुबैको तौललाई एकसाथ जोड्दा ६ सय केजी पुग्छ । यो जोडी हो ४२ वर्षीय ली र उनकी श्रीमती ३९ वर्षीया रेना । उनीहरुको पहिलो भेट १० वर्ष अघि तौल घटाउने एउटा क्लिनिकमा भएको थियो ।

क्लिनिकमा भएको भेटपछि दुबैले एकअर्कालाई प्रेम गर्न थाले । त्यही प्रेमको चक्करमा दुवैले तौल घटाउने कार्यक्रमलाई बीचैमा स्थगित गरिदिए जुन उनीहरुको जीवनकै सबैभन्दा ठूलो भूल साबित भएको अहिले यी जोडी महसुस गर्छन् ।

हेर्दा हेर्दै उनीहरुको तौल यति धेरै बढ्यो कि ली ३२४ केजी र रैना २४६ केजीकी भइन् । यस कारणले उनीहरुलाई अहिले उठ्नबस्न नै समस्या भएको छ । दुबैको मोटोपन अहिले ज्यानकै लागि खतरा बनिसकेको छ । दुबैको हेरचाह हाल लीकी बहिनीले गर्दैछिन् । मोटोपनका लागि सर्जरी गर्न पनि यी जोडीको ज्यानको लागि खतरा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्