११ दिन २५ मिनेटसम्म नसुति विश्व रेकर्ड



काठमाडौं, ३ माघ

मानिसहरुले लामो समयसम्म रोकेर राख्न नसक्ने चिज हो निन्द्रा ।  हुन त मानिसको सबैभन्दा प्यारो चिज भनेकै निन्द्रा हो । यदि निन्द्रा पुगेन भने मानिसहरु कुनै पनि काम गर्न सक्दैनन् र उनीहरु अल्छे पनि हुन्छन ।

सामान्यतया मानिसका लागि एक दिनमा कम्तिमा पनि ८ घण्टाको निद्रा जरुरी हुन्छ । तर अचम्म कुरा यो दुनियामा कोही मानिस ११ दिन सम्म जागै रहन सक्दा रहेछन् ।

दुईजना अमेरिकी विद्यार्थीहरु ११ दिन २५ मिनेटसम्म नसुतिसकनै बिताए । रेन्डी गार्डनर र ब्रुस मेकएलिस्टरले यस्तो रेकर्ड बनाउन तथा स्कुलका लागि वैज्ञानिक प्रयोग गर्नका लागि ११ दिनभन्दा धेरै समयसम्म जागै बसेका थिए । यो सन् १९६० को दशकको कुरा हो । त्यसबखत मानिस सबैभन्दा लामो कति समयसम्म ननिदाईकन बस्न सक्ला ? भन्ने कुरा अनुसन्धानको विषय थियो ।

१७ वर्षीय रेन्डीले होनोलुलुका एक डिजेको रेकर्ड तोड्न चाहन्थे जो २६० घण्टा अर्थात् ११ दिन नसुतिकन किर्तिमान राखेका थिए । रेन्डीले त्यो रेकर्ड ताडे र उनी ११ दिन २५ मिनेटसम्म नसुतिकन बसे । रेन्डी सँगै उनका साथी ब्रुस मेकएलिस्टर पनि अनिँदो नै रहे ।

रेन्डी ११ दिन २५ मिनेटसम्म अनिँदो बसेर रेकर्ड कायम गरेसँगै यति गहिरो निद्रा सुते की उनी लगातार १४ घण्टासम्म सुतिरहे । आखिर बिरालो कति दिनसम्म अनिँदो बस्नसक्छ ? भन्ने सन्दर्भमा अमेरिकामै एउटा अनुसन्धान भएको थियो । त्यसक्रममा १५ दिनसम्म जागै रहेपछि बिरालोको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्