सरकारद्वारा भोलि सार्बजानिक विदा दिने निर्णय



काठमाडौं, ३ माघ

तामाङ जातिको सोनाम ल्होसार पर्व भोलि बिहीबार परेको छ । यस पर्वलाई तामाङ जातीहरुले नयाँ बर्षका रुपमा समेत मनाउने गरेका छन् ।

सामान्यातय “ल्होछार” दुई शब्द मिलेर बनेको छ । जसको अर्थ “ल्हो” अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने, “छार” वा “सार” को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । तामाङ समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष मान्ने चलन तामाङ जातीमा रहेको छ । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । सोही अवसरमा सरकारले सधैँका बर्ष झै यस बर्ष समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्