मनाङमा चिसो बढेसंगै हिमतालहरु जमेर चट्टान सरि



काठमाडौं, ३ माघ

यतीबेल देशैभरि अत्यधिक चिसो बढिरहेको छ ।  तराईका अधिकांस ठाउँमा सितलहर परिरहेको छ । हिमालपारीको जिल्ला मनाङमा हिमतालहरु जम्न सुरु गरेका छन् ।

केहि दिनदेखि चिसो अत्याधिक बढेसँगै मनाङमा रहेका हिमतालहरु जमेर चट्टान सरह भएका छन् । समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको गंगापूर्ण, भ्राकामा पर्ने केंचो ताल, धारापानीको नाचैमा पर्ने डोना अर्थात् ठूलागी र थोंचेमा पर्ने पोंकरलगायतका ताल पनि यतिबेला जमेर् चट्टान सरि भएका छन् ।

यतिखेर मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझबिहान माइनस १० देखि माइनस १२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । चिसोसँगै मनाङका स्थानीयहरुको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । त्यति मात्र नभएर खानेपानीको मुहान समेत जम्दा उनीहरु झनै समस्यामा परेका छन् । तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिन पाउँदा  दंग पर्ने गरेका छन् ।

हुनत मनाङका ताल हेर्न बर्षेनि हजारौं पर्यटक आउने गर्छन । गर्मीमा मात्र नभएर पर्यटकहरु  जाडो समयमा पनि  ताल हेर्न जाने गर्दछन । धेरै हिमताल रहेकाले पनि मनाङमा पर्यटकको मात्रमा बृद्धि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्