भारतीय अभिनेत्री बिपाशा बसु प्रेग्नेन्ट



काठमाडौं, ३ माघ

भारतिय मिडयाले चियोचर्चा गरेको छ की अभिनेत्री बिपाशा बसुले किन आफ्नो पेट लुकाइन् ?  बताउन जरुरी पनि नहोला । तर, बिपाशाले आधिकारिक रुपमा पे्रग्नेन्ट भएको भने बताएकी छैनन् । यतिबेला  भारतिय मिडियालाई भने यसको खुब चियोचर्चा छ ।

उनको फोटो सोशल मिडियामा केहि समयअघि भाइरल भएको थियो, जसमा उनी ब्लू फ्लोरोल प्रिन्ट भएको ड्रेसमा थिइन् । त्यसमा स्पष्टसँग बेबी बम्प देखिन्थ्यो । अहिले बिपाशा र उनका श्रीमान् करणको एउटा भिडियो आएको छ, जसमा उनीहरु स्पा बाहिर कारमा देखिएका थिए । यस क्रममा बिपाशाले आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेकी थिइन् ।’

एक हिन्दी अनलाइनमा यसरी बिपाशाको चियोचर्चा गरिएको छ । बिपाशा र उनको श्रीमान् करण अस्पतालमा गएको कुरामा पनि उनीहरुलाई चासो छ । लेख्छन्, ‘केहि दिनअघि बिपासा र करण मुम्बईको हिन्दूजा अस्पतालको बाहिर देखिएको थियो । यहि कारण उनीहरुको फेमेली प्लानिङबारे अनुमान गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्