सलमान खान काठमाडौं आउदै



काठमाडौं, ४ माघ

भारतीय चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौं ल्याउन लागेको हो । ओडीसी इन्टरटेनमेन्टले ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

ओडीसी इन्टरटेनमेन्टले ब्रायन एडम्सलाई  काठमाडौं ल्याएपछि नै  नेपालमा विदेशी गायक र गायिकाको कार्यक्रमले नियमितता पाएको हो । एडम्सलाई  ल्याएको अर्को वर्ष ओडीसी इन्टरटेनमेन्टले रक ब्यान्ड एमएलटीआरलाई पनि ल्यायो । ब्यान्डलाई ओडिसीले एक लाख डलर दिएको थियो । त्यो पनि हवाई टिकट र आतिथ्यताबाहेक नै ।

बलिउडको पाश्र्व गायनमा प्रभाव जमाइरहेका पाकिस्तानी गायक आतिफ अस्लमललाई पनि २०६९ मंसिर १५ मा काठमाडौं आउने अवसर मिल्यो । आतिफको त्यो टुँडिखेलमा गरेको कन्सर्ट पनि सम्झनलायक मानियो । सधैभरी सफल कार्यक्रमहरुको आयोजना गर्दै आएको ओडिसीले डीप पर्पलको असफल घटनापछि पाँच वर्ष कुनै कार्यक्रमको आयोजना गरेन ।

अब यहि  फागुन २६ गते शनिबार काठमाडौंको टुडिखेलमा दबंग द सलमान खान लाइभ इन नेपालकन्सर्टमा भने जसरि भएपनि सलमान खानलाई उतारेरै छोड्ने ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरूङ बताउँछन् ।

कन्सर्टमा सलमानसहित प्रभु देवा, कृती सेनन्, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार काठमाडौं आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्