माग्ने बुढालाई अचानक तनाब



काठमाडौं, ४ माघ

नेपालि हास्यँ जगतका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ यतिखेर ठुलो दोधारमा छन् । राम्रो कलेज पढ्न पाइने, राम्रो जागीर खान पाइने भन्दै आफ्नो करिअर बनाउन २५ वर्ष अघि काठमाडौ आएका घिमिरे हिजो देखि काठमाडौ बस्ने कि हेटौंडा जाने दोधारमा छन् । यहि कुराले उनी तनाबमा पनि छन् । ‘अहिले दोधारमा छु, काठमाडौ बसौं कि हेटौडा जाउँ ।’ उनले भने ।

जर्बजस्ती कलाकारितामा धकेलिएको धारणा राख्ने घिमिरे हेटौंडाको ठिंगनमा जन्मिएका हुन्  ।  काठमाडौ आए लगत्तै धेरै प्रकारका काम गरे । तर, कुनै कामले पनि सन्तुष्टि दिन सकेन । अहिले अभिनयबाट भने सन्तुष्ट भएको बताउँछन् ।

काठमाडौ आए लगत्तै फुटपाथमा पसल राखेँ, सरकारले हटाईदियो । त्यसपछि कलंकीमा सटरमा पसल राखेँ । त्यो पनि रहेन । कलंकी नागढुंगा सडक बिस्तारको क्रममा सटरै गयो । अब भएन भन्दै मिटरवाला टेम्पो किने । तीन वर्षसम्म टेम्पु ड्राइभर भएर हिँडे । टेम्पुलाई पनि सरकारले काठमाण्डौंमा राख्न हुन्न भन्यो र हटाइदियो ।

त्यसपछि उनको गन्तब्य बन्यो कलाकारिता । हाँस्य क्षेत्रमा उनले नाम र दाम आर्जन गरिरहेको वेला सरकारले फेरि तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडालाई तोकिदिएको छ । काठमाण्डौकै राजधानी हेटौंडा भएपछि म के गरौं ? उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्