अर्धनग्न कलाकार सरस्वती लामाको अर्को हर्कत



काठमाडौं, ४ माघ

दाङको बाह्रकुनेमा अस्ती मनाइएको माघेसंक्रान्ती मेला यतिखेर देश बिदेशमा चर्चाको बिषय बनेको छ ।

 ‘उडि जाने हावाले’ गित गाएर चर्चामा आएकी सोलुखुम्बुकी सरस्वती लामा यतिखेर रातारात हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत आफै गर्छिन ।

उनी मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् ।

यस्तै चर्चा कमाउने मध्यकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाज भित्र यिनै अनुहारहरुको उछ्रिखल प्रस्तुतीले हरेकका चेतहरु भंग गर्दै जबर्जस्ती आकर्षणको फराकिलो बजार निर्माण भैरहेको छ ।

त्यसैले त यस्तै भल्गर प्रस्तुतिमा रमाउँछन दर्शकहरु पनि, सायद यो युगको माग हो । क्षेत्र र समुदाय बिशेषमा धुमधामका साथ् मनाइने माघेसंक्रान्तिमा यसपाली यिनै अर्धनग्न कलाकारहरुको उपद्रो देख्न पाइएको छ ।

बाह्रकुने दहको मेलामा चन्दा दाहाल र सरस्वती लामाको प्रस्तुतिले हरेक नेपालीहरुको ध्यान खिचेको थियो ।

प्रतिक्रिया दिनुहोस्