‘बीग बोस’बाट सलमानलाई मालामाल



काठमाडौं, ४ माघ

भारतीय टेलिभिजन कार्यक्रम ‘बीग बोस’ चलाईरहेका भारतीय चर्चित नायक सलमान खानाले ‘बीग बोस’बाट कति कमाउछन होला ! यो सबैको चासोको बिषय हो । हुनत उनी कलाकारहरुमा  पनि महंगा छन् ।

उनले संचालन गर्दै आएको शो ‘बीग बोस’ को जति चर्चा छ त्यतिनै उनको पनि चर्चा छ । ‘बीग बोस’ को ११ औँ सृंगखला भर्खरै मात्र सकिएको छ । बीग बोस मा सलमानको पारिश्रमिकको बिषयमा कुरा गर्दा उनले पहिलो पटक ‘बीग बोस’ संचालन गर्दा २.५ करोड पारिश्रमिक लिएका थिए ।

उनले गत बर्षको श्रृङ्खलामा ९ करोड पारिश्रमिक लिएका थिए ।तर, ११ औ सिजनसम्म आइपुग्दा उनको पारिश्रमिक एक भागको ११ करोड पुगेको छ । यसको अर्थ सलमानले ११ औ सिजनमा ‘बीग बोस’बाट हरेक हप्ता २२ करोड कमाउँथे । ‘बीग बोस’ सधै विवादमा रहेपनि चर्चामा भने सधै रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्