एमालेलाई सजिलो हुने भए प्रचण्ड केन्द्रीय सदस्य बस्न तयार



काठमाडौं, ४ माघ

प्रचण्डको  बजार अनुमानभन्दा ठीक उल्टो; स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने ।

यस्तोमा बिरामीको उपचार औषधिले मात्र हैन, राम्रा, मीठा खबर  र  आफन्तको ममताले  पनि  हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि ।

आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँहरुलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’

उनले अगाडि भनेका छन्, ‘संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स-साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ ।’

प्रयत्नमा छन् । अर्थात्, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् ।

वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी-हाँसी नै मिलाउँछन् भन्दैछन्, वाम अगुवाहरु ।
–जनआस्थासाप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्