डम्बर नेपाली भोजपुर पुग्दा टुँडिखेल धुलोले पुरियो



काठमाडौं, ४ माघ

चर्चित गायक डम्बर नेपालीले भोजपुरमा बिशेस सांगीतिक प्रस्तुति दिएका छन्  ।  ‘तिम्रो पाउजु सुनेर थाहा पाए अरुले’ गितको बोलसंगै स्टेजमा ईन्ट्री मारेका उनले दर्सकलाई बस्ने दिएनन्  । नेपालीको गित सुन्न लालायित भोजपुरे युवाहरुको खुट्टा म्युजिकको तालमा उफ्रिन बाध्य भयो ।

बढो रोमाञ्चक ईन्ट्री मारेका डम्बरको गित सुन्न भिडमभाड दर्शकको चिच्याहट र उफ्राईले ओसिलो टुँडिखेलमा बुङ्बुङ्ती बाक्लो धुलोले पुरिएको थियो । मध्यान्ह ढल्नेबेला मञ्चमा आएका डम्बरले ‘मलाई बिर्सेर जाने भए जाउ’, ‘बिग्रेको मान्छे म’, ‘टाढा नलैजाउ तिमी मेरो मायालाई’, ‘सबै साथि गए’ लगायत अति हृदयस्पर्शी गित संगितले भोजपुरे दर्शकको मन जित्न सफल भए ।

गायक डम्बरका साथै अतिथी आमन्त्रित चर्चित हाँस्य कलाकार श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ को बेजोड गितसहितको हाँस्य प्रस्तुतीले भोजपुरेहरुलाई पेट मिच्ने गरि  हँसाएर  माहोललाई  अझ  तताए । माघे संक्रान्तीको अवसर पारेर आयोजित साँस्कृतिक कार्यक्रममा धरान र ईटहरीको ए टु जेट डान्स गु्रपका कलाकारको बेजोड नृत्य प्रस्तुती रहेको थियो ।

डम्बरले भोजपुरमा आएर दर्शकको न्यानो माया पाउँदा आफु एकदमै खुशी भएको ईच्छा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्