माल्भिका सुब्बालाई मन पर्ने सात व्यक्तित्व



ओपरा विनफ्रे
उनी मलाई मन पर्ने टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । म सानै उमेरदेखि उनको कार्यक्रम हेर्थें । मलाई उनले सञ्चालन गर्ने कार्यक्रमको विषयवस्तु मन पथ्र्याे । ठूली भएर म पनि त्यस्तै कार्यक्रम सञ्चालन गर्छु भन्ने लाग्थ्यो ।

सुस्मिता सेन/लारा दत्त
म मिस नेपाल हुनुअघिदेखि नै पूर्व विश्व सुन्दरी तथा अभिनेत्री सुस्मिता सेन एवं लारा दत्तबाट प्रभावित थिएँ । उनीहरूको प्रस्तुति तथा आवाज मलाई असाध्यै मन पर्छ ।

प्रसन स्याङ्देन
यी रेडियोकर्मी मेरो करियरको प्रारम्भिक दिनदेखिका साथी हुन् । म प्रसनलाई मेरा हरेक कुरामा सल्लाह–सुझाव दिने एउटा असल साथीका रूपमा मन पराउँछु । उनी मलाई मनपर्ने को–होस्टसमेत हुन् ।

रचना गुरुङ शर्मा
मैले उहाँलाई गुरुआमा नै मानेकी छु । मिस नेपालका बेला उहाँले दिनुभएको प्रशिक्षण मैले अहिलेसम्म बिर्सिएकी छैन ।

एलेन डेगेनर्स
म यी अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोताको टिभी होस्टिङबाट प्रभावित छु । उनको सामाजिक मुद्दाप्रतिको लगाव मलाई अझ बढी मन पर्छ ।

निलु डोल्मा शेर्पा
यी दिवंगत निर्देशक मेरी प्रिय मित्र मात्र होइनन्, मेरो करियर सल्लाहकार पनि थिइन् । उनी मेरो सुख–दु:खको साथीसमेत थिइन् । मेरो छोराको त गड मदर नै थिइन् । म उनलाई हरक्षण सम्झिरहन्छु ।
साभार: साप्ताहिक

प्रतिक्रिया दिनुहोस्