प्रदेश प्रमुख अनुराधा कोइराला नेपाली नागरिक नभएको सरिता गिरीको दाबी



काठमाडौँ, ५ माघ

बुधबारको मन्त्रिपरिषद बैठकले समाजसेवी अनुराधा कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुखमा बनाउने निर्णय गर्यो । तर सरकारको निर्णयको समाचार बाहिर आउन नपाउँदै सद्भावना पार्टीकी नेत्री सरिता गिरीले एउटा ट्वटी गरिन् ।

त्यही ट्वीट अहिले अनुराधाको पदीय तगारो बनेको छ । सरकारले कोइरालालाई प्रदेश प्रमुख बनाउने भने पनि गिरीले उनको नागरिकता अंगिकृत हुनसक्ने आशंका सहित आफ्नो अभिव्यक्ति दिएपछि थप तरंग आएको हो ।

‘अनुराधा दार्जिलिङमा जन्मनुभएको हो । पछि नेपालको नागरिकता लिनुभएको हो ।’ गिरीले आफ्नो ट्वीटमा लेखेकी छन्, ‘यदी म गलत नभए उहाँ अंगिकृत नागरिक हुनुहुन्छ । जसले प्रदेश प्रमुख बन्न पाउँदैन ।’

यस्तै आशयसहित गिरीले गरेको आशंका जायज पनि छ । तर कोइराला अंगिकृत नागरिक हुन् वा वंशज् भन्ने बारे भने तथ्य बाहिर आएको छैन । यद्यपि कोइरालाको नामलाई लिएर सरकारभित्रै विवाद सुरु भएको छ ।

त्यसो त अनुराधा कोइरालाको जन्म नेपालमा भएको भन्ने विषय शंकाकै दायरमा छ । उनको हुर्काइ र पढाइ भारतमै भयो । यदी जन्म पनि दार्जिलिङमै भएको हो भने उनी अंगिकृत नागरिकको रुपमा प्रदेश प्रमुख बन्न नपाउने नेपालको संविधानमा उल्लेख छ । अन्ततः गिरीको एउटै ट्वीटका कारण कोइरालाको प्रदेश प्रमुख बन्ने बाटो बन्द हुने अवस्था देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्