बिपन्न दलित बस्तीमा न्यानो बाँड्दै डा. गोविन्द केसी



काठमाडौँ, ५ माघ

सर्बोच्च अदालतको प्रधान न्यायाधीश माफिया हो तुरुन्त हटाइनु पर्छ भन्दै केही दिन अगाडिसम्म अनशनरत प्रा.डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहट पुगेका छन् ।

बिना जानकारी डाक्टर तोसिमा कार्की, अभिशेख राजसिंहसहित गढीमाइका दलितबस्तीमा पुगेका केसीले हिजो बिहीबार बिहानै डा. केसी  कम्बल तथा अन्य न्याना कपडासहित रौतहटको गढीमाइ नगरपालिककाका विभिन्न वडाहरूमा रहेका यहाक, चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायमापुगेर कम्बल बाँडेका हुन् ।

उनले बाटोमा भिख माग्दै बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्याना कपडाहरू वितरण गरेका छन्।

दलित बस्तीमा न्यानो वितरण पश्चात निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका थिए  ।  उनले चिसोबाट कहाँ कहाँका मानिसहरू पीडित छन् आफूलाई थाहा भएको र त्यहाँ पुगी न्यानो वितरण गर्ने कार्यक्रम रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्