हाँस्यकलाकार मनोज गजुरेलले गरे डिभोर्स



काठमाडौं, ५ माघ

हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । नेपाली हाँस्य क्षेत्रका बादशाहको रुपमा रहेका मनोज गजुरेल र उनकी पत्नि मिना ढकाल गजुरेलले आपसी समझदारीमा डिभोर्स गरेको बताएका छन् ।

सम्बन्ध विच्छेद बारे दुवै मौन रहे पनि विचारमा असहमति भएको भन्ने बुझीएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा सम्बन्ध बिच्छेद भएपछी मनोज छोरासँग बालकोट स्थीत घरमा बस्दै आएका छन् भने मिना छोरी सँग नयाँ बानेश्वरमा बस्न थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्