काठमाडौं, ५ माघ
विन्टर (शीतकालीन) ओलम्पिकमा दुई कोरिया (उत्तर र दक्षिण) ले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् ।
सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर ओलम्पिकमा एकीकृत कोरियाको झण्डा लिएर दुवै कोरियाका खेलाडीले मार्च गर्ने सहमति बनेको हो ।
त्यसपछि दक्षिण कोरियाले उच्च स्तरीय वार्ताको प्रस्ताव गरेको थियो । त्यहि प्रस्ताव अनुसार जनवरी ९ मा दुई कोरियाका उच्च नेताबिच वार्ता भएको थियो । त्यसपछि ओलम्पिकमा सहभागिता र त्यसको व्यवस्थापनका बारेमा छलफल हुने क्रममा साझा झण्डामा मार्च गर्ने सहमति बनेको हो ।