२३ बर्षीय युवतीको कुमारीत्व बिक्रीमा



काठमाडौं, ५ माघ

आफ्नो ब्वाईफ्रेण्डले धोका दिएको भन्दै एक जना युवतीले आफ्नो कुमारीत्व बिक्रीका लागि खुल्ला रहेको जनाएकी छन् । क्रिस्चियन परिवारमा हुर्किएकी २३ वर्षीय युवती बेली गिब्सनले अमेरिकको नेभादा स्थित कुख्यात वैध वेश्यालय मुनलाइट बन्नी ऱ्यान्च मार्फत बढाबढमा आफ्नो कुमारीत्व निलामीका लागि खुल्ला रहेको जनाएकी हुन् ।

मेल अनलाइनले जनाए अनुसार उनले बिहेका निम्ति आफुलाई कुमारी नै राखिराखेकी थिइन् तर आफ्नो ब्वाई फ्रेण्ड आफुप्रति वफादार नरहेको थाहा पाएपछि उनी प्रथम यौन अनुभव निलाम गर्ने निष्कर्षमा पुगेकी हुन् ।

क्यालिफोर्नियामा धर्मपुत्रीका रुपमा पालिएकी गिब्सनले उक्त निलामीबाट प्राप्त हुने रकमको सदुपयोग जीवनलाई अझ सहज र राम्रो बनाउन गर्ने जनाएकी छिन् ।

“समाजले मलाई फरक रूपमा हेर्छ होला तर यसले मलाई खासै फरक पर्दैन । मेरो शरीर हो र यसमा मेरो अधिकार छ । आफ्नो शरीरलाई के गर्ने भन्ने बारे पूर्ण अधिकार मलाई हुनु पर्दछ ।” उनले भनिन् ।

उनले थपिन्, “बन्नी ऱ्यान्चका माध्यमबाट जाँदा मैले वैधानिक रुपमा नै पैसाका निम्ति यौन सम्पर्क गर्ने बाटो खुल्छ । के यसो गर्दा म वेश्या भइहाल्छु र रु मलाई यसबारे खासै थाहा छैन । यदि तपाईंले एकपल्ट तस्बिर खिच्नु भयो भने तपाईं फोटोग्राफर त भइहाल्नु हुन्न नि १”

उनी तर्क गर्छिन्, “आफ्नो पवित्रतालाई बजारीकरण गर्दैमा तपाईं खराब भइहाल्नु हुन्छ भन्ने केही छैन । धेरै मान्छेसँग यौन सम्पर्क गर्दैमा तपाईं खराब हुने हैन । यौनका बारे हामी सबैका आ(आफ्नै रुचिहरू हुन्छन् । पहिले मेरो रुचि पर्खिनुमा थियो भने अब बेच्नुमा छ ।”

एउटा ब्लगसँग कुराकानीका दौरान गिब्सनले आफु एक वर्षको उमेर देखि धर्मपुत्रीका रुपमा पालिएको बताइन् । उनकी आमाले हुर्काउन नसकेपछि उनलाई धर्मपुत्री दिने निर्णय गरेकी रहिछिन् ।

धार्मिक वातावरणमा हुर्किएकी गिब्सन विवाहपूर्व यौन सम्पर्क नगर्ने पक्षमा थिइन् । त्यसपछि उनलाई क्यालिफोर्निया राज्यको साक्रामेन्टो लगियो जहाँ एकजोडी कट्टर क्रिश्चियन दम्पत्तिले उनको पालन पोषण गरे ।

“मलाई टिभी हेर्ने अनुमति थिएन, न त म क्रिश्चियन सङ्गीत बाहेक अरु कुनै प्रकारको सङ्गीत नै सुन्न पाउँथे ।” उनले थपिन्, “त्यतिबेला हामीहरूलाई नयाँ साथी बनाउने या राति साथीको घरमा सुत्ने छुट पनि थिएन ।”

“हामीले फिल्म हेर्नु परे त्यो हलमार्क या डिज्नी च्यानलमा मात्र हुन्थ्यो त्यस्तै कहिले काँही टिभी हेर्ने अवसर प्राप्त भयो भने ती ‘लिटिल् हाउस अन दि प्रेरी’ जस्ता कार्यक्रम मात्र हुन्थे ।” गिब्सन भन्छिन् ।

उनलाई मिसौरी स्थित छात्रा(आवासीय विद्यालयमा पढ्न पठाइयो जहाँ उनले केटाहरू देख्न सम्म पाइनन् । विस्कनसिनमा उनले एउटा क्रिश्चियन केटासँग डेटिङ् जान थालिन् र उनीहरू बिच विवाहपूर्व यौन सम्पर्क नगर्ने सहमति पनि भएको थियो । ती युवकले भ्यालेन्टाइन डेका दिन आफ्नी पूर्व प्रेमिकासँग सुतेको थाहा पाएपछि उनी दुःखी भइन् र उनले छुट्टिने निर्णय गरिन् ।

“केही समय दुःख मनाउ गरेपछि म के निष्कर्षमा पुगें भने कुमारीत्व गुमाउन बिहे नै पर्खिनुपर्छ भन्नु गालत धारणा हो । किनकि मेरो पूर्व प्रेमी पनि त मलाई पर्खिराखेको थिएन । ” उनले थपिन् ।

“हो, त्यसैलेनै मैले आफ्नो कुमारीत्वको साटो मलाई पनि केही फाइदा हुनु पर्छ भन्ने कुमारीत्व बेच्न चाहन्छु निष्कर्षमा पुगें‘ त्यसैले म बढी भन्दा बढी मुनाफा हुने गरेर यो बेच्न चाहन्छु त्यसैले म डेनिस होफ र मुनलाइट बन्नी ऱ्यान्चको सम्पर्कमा आएँ ।

सुरुमा त बन्नी ऱ्यान्चका मालिक होफले उनको इमेलमा कुनै प्रतिक्रिया जनाएनन् तर अन्ततोगत्वा उनी आफ्नो वेश्यालयको वेबसाइटमा निलामीको सूचना राख्न राजी भएका हुन् ।

होफले भने, ” उनले आफुलाई राम्रो मान्छेका लागि बचाएर राखेकी थिइन् । उनी आफुलाई लागेको पूर्ण र पवित्र जीवन बाँच्न चाहन्थिन् तर यो संसारले उनको बाटोमा घिनलाग्दो अवरोध सिर्जना गरेको छ ।”

कुमारीत्व बेच्ने यो पहिलो घट्ना भने पटक्कै हैन । दुई महिना अघि मात्रै एउटी १९ वर्षीय अमेरिकी मोडेल गिजेलले ३७.८ लाख डलरमा आफ्नो कुमारीत्व बेचेकी थिइन् जसलाई आबुधाबीका एकजना व्यापारीले किनेका थिए । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्