अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एग्रोफरेष्टि पोलिटेक्निक ईन्स्टिच्युट सञ्चालनमा



अर्घाखाँची ०६ माघ : आधुनिक समयमा प्राविधिक शिक्षा तर्फ सबैको आकर्षण बड्दो छ। समय सुहाउँदो प्राविधिक शिक्षा पाउन विध्यार्थिहरू समेत लालायीत छन्।अझ नेपाल जस्तो अल्पविकशित मुलुकमा यस्तो किसिमको शिक्षा उझ बढी महत्वपुर्ण छ।यसै क्रममा नेपालको विभिन्न स्थानमा अनेक विश्वविध्यालय तथा इन्शिच्यूटको संवन्धनमा प्राविधिक शिक्षालयहरु खोल्ने क्रम बड्दो छ। हालैमात्र अर्घाखाँची जिल्लावाट समेत कृषि तथा वन विज्ञान विषयमा पठनपाठन सुरू भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालीका वडा नं ४ स्थित मथुराडाँडामा सिटिईभिटीको संवन्धनमा एग्रोफरेष्ट्रि पोलीटेक्निक इन्श्टिच्यूट नामक शिक्षालय संचालनमा आएको छ। २०७४ कार्तिक देखी नियमित कक्षा संचालन भएको उक्त शिक्षालयमा ४० जना विध्यार्थिहरू अध्ययनरत छन्। नेपाल सरकार शिक्षा मन्त्रालय र सिटिईभिटीको लगानीमा भवन निर्माण भएको र अन्य छात्रवास तथा प्रशासनिक भवनहरू निर्माणाधिन अवस्थामा रहेका छन्। अहीले बिहान ६ वजे देखी दिउसो २ बजे सम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रधानाध्यापक टिकाराम तिमिल्सेना ले बताउनु भयो।३ जना विध्यार्थिको लागी छात्रवृत्तिको समेत व्यवस्था गरिएको उहाले बताउनु भयो। लुम्विनि अन्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्कता खड्किरहेको अवस्थामा यस शिक्षालयले केही हद सम्म भए पनि विध्यार्थिलाई राहत हुने देखिन्छ।विध्यालय संचालन ले गर्दा स्थानिय बासिन्दा समेत उत्साहीत बनेका छन्।

प्रतिक्रिया दिनुहोस्