सफलताको लागि डा. योगी विकाशानन्दका सात टिप्सहरू (भिडियो सहित)



– नयाँ शक्तिशाली जिन्दगी बाँच्ने संकल्प गर्ने । यस संकल्पलाई चिटको रूपमा लेखेर गोजीमा हाल्ने, अन्यौल र गाह्रो पर्दा यसलाई पढ्ने ।

– विहानको ब्रम्ह मुहुर्तमा उठ्ने (४ वा ५ बजे) र एक घण्टा आफ्नो विकासको लागि छुट्याउने- व्यायाम, स्वासक्रिया, सफलता साधना अनि लगत्तै दिनभरीको योजना बनाउने ।

– सफल हुने मान्छेले कम बोल्छ बढी सुन्छ । अतः ६०% सुन्ने र ४०% बोल्ने ।

– बच्चाहरू दिनभरीमा ५०० पटक हास्छन भने ठूलाहरू मात्र १५ पटक अतः जति मौका मिल्छ त्यती हाँस्ने ।

– दिनभरी पुस्ताक वा पत्रिका लिएर हिड्ने र जब-जब फुर्सत हुन्छ पढी हाल्ने बानी बसाल्ने ।

– सफल एवं ठूला मान्छेसँग नियमित संगतमा रहने ।

– हरेक मान्छेको नाम याद गर्ने । अरूलाई नामबाट चिन्नु नै प्रभाव छोड्ने पहिलो बिन्दु हो ।

प्रतिक्रिया दिनुहोस्