जान्नुहोस एक्स–रे को आविष्कार ?



६ माघ : एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् ।

सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका थिए । कामकै सिलसिलामा ट्युबबाट आएको ज्योति अपारदर्शी कपडामा ठोक्किएको उनले देखे । त्यतिबेला उनको आश्चर्यको सीमा रहेन जतिबेला उनले ट्युबबाट निस्किएको ज्योतिको सहायताले अपारदर्शी कपडापछाडि राखिएका कागज बाहिरबाटै देखे ।

त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे । सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए । उनको यो अविष्कारले रेडियोलोजिको शुरूवात गरेको हो। यही कारण अहिले नोभेम्बर ८ का दिन विश्व रेडियोलोजी दिवस मनाउन थालिएको छ । त्यहि आविष्कारका लागि सन् १९०१ मा नोबल पुरस्कार द्वारा उनलाइ सम्मानित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्