लसुनको पात खानुका फाइदाहरु



माघ ६ :
१. लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ । लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ ।

२. लसुनमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।

३.  लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ । लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ ।

४. चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ । त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

५. बिकगललसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् ।

६. लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

७. लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्