भारतीय ज्यादतीको बिरुद्ध यूवा नेताहरुको प्रर्दशन



काठमाडौं, ६ माघ

हिजो शुक्रबार यूवा नेताहरुले भारतीयले सीमा मिचेको भन्दै राजधानीमा प्रर्दशन गरेका छन् ।

नेपाल–भारत सीमामा पर्ने वीरगंजको छपकैयामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै बिरोध प्रर्दशन गरेका हुन् । नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रर्दशनमा यूवा नेताहरु रामकुमारी झाँक्री, ठाकुर गैरे, पदम जोशी, लेखनाथ न्यौपाने लगायत सहभागी थिए । ‘सुत्दा नेपाली, उठ्दा भारतीय कस्तो दुर्दशा ?’  लगायतका नारा लेखेर प्रर्दशनमा उत्रिएका युवाह्ररुले प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्