१५ वर्षका किशोरको ७३ वर्षीया वृद्धासँग प्रेम विवाह



काठमाडौं, ६ माघ

सबैको मुखमा झुण्डिएको एउटा बोलि हो, प्रेम अन्धो हुन्छ । यसमा उमेरको केही सीमा हुँदैन । तर यसको परिभाषा धेरै प्रकारले गर्ने गरिन्छ  ।

यो वाक्यलाई पुष्टि गर्ने एउटा घटना जकार्तामा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्ला, एक १५ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्की दिए ।

घटना इन्डोनेसियाको हो । १५ वर्षका सेलामत रियादीलाई मलेरिया भयो । यो क्रममा उनलाई छिमेकी महिला रोहारा बिनती मोहम्मद जकफरले निकै हेरबिचार गरिन् जसका कारण दुबैबिच प्रेम बस्यो । इन्डोनेसियामा पुरुषका लागि विवाह गर्ने कानूनी उमेर १९ वर्ष हो तर पनि सुमात्रा गाउँको प्रशासनले यी दुबैलाई विवाह गर्न अनुमती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्