साहस थपिदिने प्रेरक भनाईहरु



७ माघ : सामान्य जीवन मात्र बिताउने चाहना हामीहरु प्राय: को हुँदैन । हामीले सधै कुनै न कुनै सपना बुनिरहेका हुन्छौं । तर ती सपनाहरु विभिन्न कारणवस हाम्रो दिमाग भित्रै अल्झिरहेका हुन्छन् । ती सपनाहरुलाई उल्झनबाट फुकाएर बाहिर निकाल्नको लागि सफल व्यक्तित्वहरुका संघर्ष र भोगाइका कथाहरुले सघाउन सक्छन् । यहाँ त्यस्तै भोगाइबाट आएका केही भनाइहरु समावेश गरिएको छ :

आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु , केही नभन्नु र केही नबन्नु ।  – एरिसटोटल

जसले मलाई सहयोग गरेनन्, म उनीहरुप्रति कृतज्ञ छु, उनीहरुको कारणले नै मैले आफैले काम गर्न जानें । – अल्बर्ट आइन्स्टाइन

हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ । – महात्मा गान्धी

कुनै समय पनि तिमी नर्भस हुँदैनौ भने तिमी मानिस नै होइनौ ।– सिड्नी क्रोस्ब्य

आफ्ना असफलता देखि नपछुताऊ, प्रयास गर्न छुटेका अवसरहरु देखि पछुताऊ । – ज्याक क्यान्फिल्ड

दिनको एकपटक तिमीलाई डर लाग्ने काम गर । – एलेनोर रुजवेल्ट

तिम्रो समय एकदमै छोटो छ, त्यसैले आफ्नो समयमा अरुको जिन्दगि बाँच्न छोडीदेऊ । – स्टिभ जब्स

मोती समुद्रको किनारमा भेटिदैनन्, मोती टिप्नु छ भने समुद्र भित्र डुब्नु नै पर्छ । – चिनिया भनाई

प्रतिक्रिया दिनुहोस्