जान्नुहोस ! बाँझोपन के हो ?



७ माघ : कुनै पनि दम्पतीको विवाह भएको एक वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । यसलाई अंग्रजीमा इनफर्टिलिटी भनिए पनि हिजोआज सबफर्टिलिटी शब्द प्रयोग हुन थालेको छ । उपचारपछि गर्भ रहेन भने त्यसलाई इनफर्टिलिटी र उपचार सम्भव भएको अवस्थालाई सबफर्टिलिटी भनिन्छ ।

महिला वा पुरुष कुनमा बढी बाँझोपन देखिने गरेको छ ?
हाम्रो समाज पुरुषप्रधान भएकाले बाँझोपन भए दोष महिलालाई मात्र दिइन्छ । यसमा महिला-पुरुष दुवै बराबर जिम्मेवार हुन्छन् ।

बाँझोपन हुने कारण के-के हुन् ?
बाँझोपनका धेरै कारण छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित हुँदा समयमा अण्डा बन्दैन, जसले गर्दा बाँझोपन हुने सम्भावना रहन्छ । यसैगरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुनसक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश -खाडी मुलुक) गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुनसक्छ । कतिपय नवविवाहित दम्पतीले करियरका लागि विवाह गरेको धेरै समयपछि मात्र सन्तान जन्माउने सोच राखेका हुन्छन् । यसले पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जंक फुड तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्नसक्छ ।

कुन उमेर शिशु जन्माउन उपयुक्त हुन्छ ?
ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना हुन्छ । नेपालको सन्दर्भमा २५ देखि ३५ वर्षको उमेर महिलाले शिशु जन्माउने उपयुक्त उमेर हो ।

बाँझोपनको रोकथामका लागि के गर्न सकिन्छ ?
विवाह गर्नासाथ करियरका साथै शिशुका बारेमा पनि निर्णय लिनुपर्छ । स्वस्थ जीवनशैली जिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्