गिजाबाट रगत बग्ने समस्याको लागि अपनाउनुहोस् यी उपायहरु



-तुलसीको पात दिनहुँ चपाउनुहोस् । यसले मुखको संक्रमणका साथै गिजाबाट हुने रक्तश्रावलाई कम गर्छ ।

-दाँत माझि सकेपछि मनतातो नुनपानीले मुख कुल्ला गर्नाले पनि गिजाबाट हुने रक्तश्राव रोकिन्छ ।

-ब्रस गरिसकेपछि हातका औलाले विस्तारै गिजालाई मालिस गर्नाले गिजा स्वस्थ हुन्छ र गिजामा रक्तप्रवाह पनि सन्तुलित हुन्छ ।

-बोसोयुक्त तथा बढि गुलियो खानेकुरा कम खानुहोस् ।

-भिटामिन सी को कमीका कारण पनि गिजाबाट रगत बग्ने भएकाले भिटामिन सी पाइने अमिला फल जस्तै सुन्तला, कागती खानुपर्छ । त्यस्तै तरकारीमा ब्रोकाउली, बन्दागोभीको नियमित सेवन गर्नु आवश्यक छ ।

-दूधमा प्रसस्तै क्याल्सियमका साथै अन्य पौष्टिक तत्व समेत पाइने भएकाले त्यो गिजाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

-नियमित रुपमा ल्वाङ चपाउने बानीले पनि मुख तथा गिँजालाई स्वस्थ राख्छ र यसले गिजा तथा मुखको संक्रमण रोक्दछ ।

प्रतिक्रिया दिनुहोस्