सागर आले र  एलिशा राई मलेसिय जाँदै



काठमाडौं, ७ माघ

मलेसियामा रहेका नेपालीका लागी लामो बिदा र खुसीको समयका रुपमा चाइनिज नयाँ बर्षलाई लिने गरिन्छ । सोही समयलाइ सदुपयोग गरि बर्ष भरीको थकान मेटाउन रमाइलो गर्नका लागि बिभिन्न सास्कृतिक कार्यक्रम आयोजना हुने गर्दछ्न ।

यसै बिचमा सगुन सास्कृतीक मंच जोहर मलेसिया र रेस्टुरेन्ट पाहुना घरको संयुक्त प्रस्तुतिमा  एउटा कार्यक्रमको आयोजना गरिएको छ । उक्त सास्कृतिक कार्यक्रमलाई चाइनिज न्यु एयर कन्सर्ट नाम राखिएको छ ।

लोकप्रिय कलाकारहरु र स्थानिय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु  नेपाल आइडलका भर्सटाइल गायक सागर आले, ठमेल बजार गीतकि मोडल तथा नायिका एलिशा राई, चर्चित हास्यकलाकार बिष्णु सापकोटा (हर्के हल्दार ),  गायिका दिपा लामा, चर्चित लोकदोहरी गायिका भुमिका गिरी, पपगायक सुनिल मगरको बेजोड प्रस्तुती रहने छ ।

यहि फेब्रुअरी १६ बाट जोहरबारुमा रहेको न्युयोर्क होटेलमा दिउँसो १२ बजे देखि साझ ६ बजेसम्म कार्यक्रम आयोजना हुदैछ ।

प्रतिक्रिया दिनुहोस्