नेपाल कपडा तथा सिलाइ व्यावसायि संघ अर्घाखाँचीको प्रथम अधिबेशन सम्पन्न ।



अर्घाखाँची, ७ माघ : नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ अर्घाखाँचीको प्रथम अधिबेशन जिल्लाको सदरमुकाम सन्धिखर्कमा सप्पन्न भएको छ । प्रथम पटक हुन गएको अधिबेशनमा राम बहादुर परियारको अध्यक्षता ,नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल अनि उप प्रमुख ठाकुर कुमार बिक लगायत सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित राजनीति दलका प्रतिनिधि पत्रकार महासघ अर्घाखाँची जिल्ला अध्यक्ष साथै विभिन्न व्यावसायी संघका प्रतिनिधि र छिमेकी जिल्ला बाट आएका व्यबसायी संग सम्बन्धित पाउना हरु समेतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका विभिन्न सन्चार माध्यमका पत्रकारहरुको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम श्री कृष्ण परियार द्वार सन्चालन गरिएको थियो । सहि कार्यक्रममा सम्पुर्ण उपस्थित अतिथिहरुलाइ फुलको माल, रातो टिका(अबिर) ब्याज र खादा ओडाइ सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले हामी जुन ब्याक्तित्व देखाउदै हिडेकाछौ त्यो पोशाक सिर्जना गर्ने सिलाइ व्यावसायी प्रती गौरब हुनु पर्छ साथै भुसालले जिल्लामा सिलाएको सुट अमेरिकाको सेमिनारमा लगाउदा पनि कहाँ सिलाको हो भन्ने हुनु पर्छ भन्दै व्यावसायिहरुको ध्यानाकर्षण गर्नु भएको थियो । र भुसालले नगरपालिकाबाट हुने सक्ने पुर्ण सहयोग यस व्यबसायीको लागि पुर्णरुपमा हुने कुरामा प्रतिबद्धता व्याक्त गर्नु भएको हो । मन्तव्यकै क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले यस सस्थाको स्थापना वि.स २०५५ भाद्र २९गते काठमाडौमा भएको र हाल सम्म देशको ५९जिल्लामा स्थापन भैसकेको कुरा उल्लेख गर्दै सीप र कलालाई आधुनिकरण गरि व्यवसायीको आर्थिक समृद्धि गर्नु यस संघको प्रमुख उद्देश्य रहेको जनाउनु भएको थियो । श्रेष्ठले अझै कहि कतै कपडा र सिलाइको काम गर्नेलाई अपमानको दृष्टिकोणले हेर्न प्रचल रहेको छ तर घर बनाउदा जति इन्जिनियरले मिहेनत गर्छ त्यतिनै मिहिनेत गरि कपडा सिलाउने कला र सीप भएको पेशालाइ अपमानको दृस्ठिकोणबाट हेर्नु भनेको देशकै लागि दुर्भाग्यको कुरा रहेको हुदा यसलाइ सबैले बुझ्न पर्ने कुरामा जोड दिनु भएको थियो । साथौ अगामी दिनमा अर्घाखाँचीमा सटिङ्ग सुटिङ्ग सेन्टरको वृद्धि गर्दै जानू पर्ने कुरामा निर्देशन गर्नु भएको थियो । यसैगरी उहाले औपचारिक कार्यक्रम पछि हुने बन्द सत्रको कार्यक्रमको लागि शुभकामना व्यक्त गर्दौ आफ्नो भनाइलाइ बिटमार्नु भएको थियो । र औपचारिक कार्यक्रमको समापन पछि लगत्तै बन्द सत्र सुरु हुने आयोजकले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्