सुन्दै अचम्म लाग्ने संस्कार : श्रीमतीसँग सेक्स गराएर पाहुनाको स्वागत



एजेन्सी : गएराति भारतको रानियाँ गाउँमा एउटा यस्तो घट्ना भएको छ जुन सुन्दै अचम्म लाग्ने खालको रहेको छ । पाहुना स्वागत गर्ने भन्दै श्रीमानको दबाबमा पाहुनाबाट एक महिला जबरजस्ती बलात्कार भएकी छिन् ।

साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।
घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए ।

त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर उनकी श्रीमतीले यो कुरा मानिनन् । नमानेपछि निरञ्जनले जबरजस्ती कपडा खोलेर आफ्नी श्रीमतीलाई गुरुदेवको हातमा सुम्पिदिए । त्यसपछि गुरुदेवले जबरजस्ती बलात्कार
गरे ।

श्रीमान र श्रीमानकै साथीबाट बलात्कृत भएपछि ती महिलाले प्रहरीमा उजुरी हालेकी छिन् । ती महिलाले प्रहरीमा बताएअनुसार हालसम्म उनले पाँच जना पाहुनालाई त्यसैगरी स्वागत गरिसकेकी छिन् ।
अरु बेला सासु ससुराको दबाबमा पाहुना स्वागत गर्न बाध्य भएर तयार भएपनि अहिले श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् ।

श्रीमती प्रहरी चौकी गएको थाहा पाएपछि निरञ्जन आफ्ना साथी गुरूदेवसँगै फरार भएका छन् । रानिया गाउँ प्रहरी चौकीले पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरेको पुष्टि भएको जनाएको छ ।
साथै आरोपी विरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले फरार आरोपी दुबै जनाको खोजी गरिरहेको जनाइएको छ ।

यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाए पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ ।

प्रतिक्रिया दिनुहोस्