ज्येष्ठ नागरिकलाई न्यानो कपडा



तुलसीपुर, दाङ, ७ माघ : तुलसीपुर उपमहानगरपालिका वडा नं १मा रहेका ज्येष्ठ नागरिकलाई आज न्यानो कपडा वितरण गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो वडामा रहेका ८० वर्ष उमेर पूरा गरेका चार  र ८४ वर्षमाथिका १५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै चिसोबाट बचाउन तथा उहाँहरुलाई सम्मान गर्न आफूले सो कामको थालनी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्