क्षयरोग पत्ता लगाउने उपकरण जडान



कलैया, ७ माघ
क्षयरोग निवारण र नियन्त्रण गर्नका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट उपकरण जडान गरिएको छ ।

उक्त उपकरणबाट दुई घण्टामा नै क्षयरोग पत्ता लगाउन सकिने भएकाले क्षयरोगको उपचार गर्न सजिलो भएको कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताउनुभयो । उक्त उपकरणबाट हालै १५ जनाको परीक्षण गर्दा पाँच जनामा क्षयरोग पोजेटिभ देखिएको र उनीहरुको उपचार भइरहेको बताइएको छ । बजारमा उक्त उपकरणबाट क्षयरोग परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लागे पनि  कार्यालयबाट निःशुल्क परीक्षण गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्