संसारकै अग्लो मानिस रोबर्ट



काठमाडौं, ७ माघ

सन् १९४८ फेब्रुअरीमा अमेरिकाको इलिनोस राज्यमा जन्मिएका रोबर्ट वाल्ड़ो अरु साधारण बच्चाझैँ थिए । उनको पहिलो जन्मदिनमै समान उमेर भएका अन्य बच्चाको तुलनामा  तौल दोब्बर अर्थात् करिब २० केजी पुग्यो र उचाईले साढे ३ फिट लियो  ।

उनको शारीरिक वृद्धि सामान्य रहेन, १३ वर्षको उमेरमा उनको उचाई लगभग साढे सात फिट पुग्यो जसले उनलाई विश्वकै अग्लो स्काउट सदस्य बनायो ।

मिजासिलो स्वभाब भएका वाल्ड़ोलाई सबैले “जेन्टल जाइन्टले” बोलाउथे । उनि गितार र फोटोग्राफीका सौखिन थिए तर उनको सौख अस्वाभाविक बढेर लामा बनेका हातकै कारणले छाड्नु पर्यो ।

पिटुटारी ग्रन्थीले उत्पदान गर्ने ग्रोथ हर्मोनले उनको बिकास अस्वभाभिक् बनेको थियो । सन् १९३७ मा उनको उचाई ८ फिट ४ इन्च बन्न गयो जसले गर्दा उनि विश्वमै सबैभन्दा अग्ला मानिसको रेकर्ड राख्न सफल बने ।

बिस्तारै उनि बिरामी परे अनि हिड्नको लागि बैसाखीको साहारा लिनु पर्यो । हातको कुइनामा परेको घाउ बढ्दै गयो जसको कारणले जुलाई २०, १९४० मा उनको निधन भयो ।

२२ बर्षको उमेरमा मृत्यु भएका रोबर्टको उचाई केहिदिन अगाडी डाक्टरहरुले गरेको मापन अनुसार ८ फिट ११ इन्च थियो ।

उनको सम्मानमा इलिनोस राज्यले उनको उचाई बराबरको ढलोटको प्रतिमा गृहनगर अल्टोन स्थापना गरिदियो । रोबर्टको उचाई नेपालका चन्द्रबहादुर ड़ागी भन्दा करिब ५ गुणा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्