काठमाडौं, ७ माघ
नेपाली चलचित्रकी भलाद्मी नायिकाको परिचय बनाएकी केकी अधिकारी विवाह अघिको शरीरिक सम्वन्ध राम्रो नभएको बताउँछिन् । यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले आफूले नराम्रो भनेको उनले बताइन् ।
एनले भनेकी छन् , ‘म सेक्सलाई एकदमै रेस्पेक्ट गर्छु । हरेक चिज यो विना अगाडी बढ्न सक्दैन । मलाई के लाग्छ भने यदी तपाई त्यसलाई सही ठान्नु हुन्छ भने सेक्स राम्रो हो ।
तर जिम्मेवारीका साथ शारीरिक सम्बन्ध बनाउनु हुन्छ भने राम्रो हो तर गैरजिम्मेवारी तरिकाबाट गरिने सम्बन्धलाई चाहिँ म कहिले स्वीकार गर्दिन ।’
‘मैले यसलाई नराम्रो भन्न खोजेको होइन तर मान्छेहरु गैरजिम्मेवारी भईदिँदा यसबाट धेरै दुर्घटनाहरु घट्न सक्छ’, उनले थपिन् ।
भलाद्मी नायिका केकीको अहिलेसम्म त्यस्ता खबरले वजार तताएका पनि छैनन् । हाल ‘एश्वर्य’ चलचित्रको छाँयांकनमा व्यस्त केकीको चाडै ‘लभ सासा’ नामक चलचित्र प्रदशोन्मुख रहेको छ ।
‘स्वर’ फिल्मबाट रजतपटमा भित्रिएकी केकीको मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल लगायतका चलचित्रहरु प्रदर्शन भइसकेका छन् ।
उनले अभिनय गरेको फिल्मले भने थोरैले मात्र सफलता पाएका छन् । फिल्म फ्लप भए पनि केकीलाई दर्शकले मन पराएको उनले बताइन् ।