पुजा र सुदर्शनको चलचित्रमा हाँस्यकलाकारलाई १ करोड



माग्ने बुढालाई दस लाखमा अनुबन्धित गरेदेखि सुदर्शन थापा प्रोडक्शनले निर्माण गर्न लागिएको अनटाईटल फिल्मको चर्चा यतिबेला सबैतिर छ  । फिल्ममा कलाकारले लिएको पारश्रमिक ठूलो बन्दै छ । प्राफेशनल टिमले फिल्मको चर्चा मात्र हैन भ्यालु र बजेट निर्धारणलाई पनि वृद्धि गर्दै गईरहेको छ ।

लगातार लभस्टोरी फिल्म दिईसकेका सुदर्शन थापाले कमेडी फिल्म बनाईरहँदा चूनौती त छदैछ त्यसमा पुजाको स्थानलाई बचाउँन लभस्टोरी पार्टलाई पनि सशक्त बनाउने अर्को जिम्मेवारी सुदर्शनलाई छ ।
यता जितु नेपाल पनि फिल्ममा थपिएसँगै फिल्मको बजेट मात्र बढेको छैन कमेडी टिम नै खडा भएको छ । छक्का पञ्जा क्याम्प बाट बाहिरिएर केदार घिमिरे (माग्नेबुढा)ले सुदर्शनको फिल्ममा साईन गरेपछि जितुलाई चूनौती थियो । क्याम्प बाहिरको लागि कुन फिल्म रोज्ने भन्ने ? तर सुदर्शनले जितुलाई पनि बाहिर जान दिएन । छक्का पञ्जाका दुई मेरुदण्ड माग्नेबुढदा र जितुलाई सुदर्शनले आफ्नै क्याम्पमा भित्राए । यता विल्सन विक्रम राई (तक्मेबुढा) र रविन्द्र झा पनि फिल्ममा छन् । यी चार कलाकार एकसाथ रहेपछि फिल्म कमेडी बनेमा कुनै दुई मत रहेन तर सुदर्शनको कथा र नायिका पुजा शर्मा हुने कारणले फिल्ममा लभस्टोरी पार्ट पनि सशक्त हुन्छ भने ग्यारेन्टि गर्न सकिन्छ ।
सायद सुदशर्न थापाले करिअरको यौ दौरानमा पहिलो पटक यति धेरै रिस्क मोलेका होलान् । अनटाईटल फिल्मको नाम र फिल्ममा रहने डेब्यु नायक बाहेक फिल्मको सबै टिम फाईनल भईसकेको छ । अहिले सम्मको कलाकार व्यवस्थापन हेर्ने हो भने कलाकार, टेक्निसियन र कलाकारलाई व्यवस्थापन गर्दा मात्रै १ करोड खर्च हुने देखिएको निर्माण टिमको भनाई छ । यी यावत अवस्था, कलाकारको टिम र फिल्मको बजेटले गर्दा अब भने यो फिल्मको चर्चा दिन प्रतिदिन बढ्दै जाने निश्चित छ । यसको बजेट भ्यालुएशन पनि बढ्दै गईरहेको छ ।यता कलाकारद्धय माग्नेबुढा र जितुले एक पटकको लागि क्याम्प बाहिरको फिल्म खेलेको बताईए पनि भोलीका दिनमा अर्कौ समस्याका कारण फेरि कयाम्प बाहिर नआउँला भन्न सकिन्न । उसो त पिँजडाबाट बाहिर आएको सुँगालाई पिँजडामै फर्काउन निकै मेहनत गर्नु पर्छ भनेजस्तै माग्नेबुढा र जितुको क्याम्प बाहिरको फिल्म अझ राम्रो र प्रभावकारी भए क्याम्पमा फर्कि राख्नुपर्ने जरुरत पनि नभएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्