मोटोपना घटाउने तरीका



८ माघ : तौल बढ्नु वा मोटोपन हुनु न स्वास्थ्यको दृष्टिले फाइदाजनक हो, न व्यक्तित्वको हिसाबले नै । मोटोपन कसरी घटाउने त ? यसका लागि डाइटिङले मात्र पुग्दैन । अर्थात खानामा कटौती गरेर मात्र मोटोपन घट्दैन । साथै यो सहि विधी पनि होइन, मोटोपन घटाउने । मोटोपन घटाउन खानाको प्रकृति र मात्रा परिवर्तन गर्नुपर्छ । यससँगै शारीरिक गतिविधिलाई समेत बढाउनु पर्छ ।

– हरियो सब्जी, फल सेवन गरौं । तेलमा तारेको वा पकाइएको भन्दा उसिनेको खानेकुरा राम्रो हो ।

– खाना खानु आधा घण्टअघि एक गिलास पानी पिउनुहोस् ।

– एकसाथ धेरै खाना खाने बानी हटाऔं ।

– धेरै वोसोयुक्त, तारेको, मसलेदार खानेकुरा सेवन नगरौं ।

– फास्टफूड एवं प्याकेट बन्दा खानेकुरा सेवन नगरौं ।

– बिहान मनतातो पानीमा कागती मिसाएर सेवन गरौ ।

– कोल्ड डि्रंक पिउनु हुन्न, किनभने यसमा क्यालोरीको मात्रा धेरै हुन्छ ।

– बिहान नास्ता गर्नुहोस् । खाना छिटो-छिटो नखाने, बिस्तारै चपाएर खानुपर्छ ।

– धरै समय एकै स्थानमा बस्ने, लामो समय सुत्ने वानी त्यागौं ।

– दिनभर केहि न केहि काम गरौं । शरीरलाई सक्रिय राखौं ।

– बिहान मर्निङ वाक र साँझमा पनि हिँडडुल गरौं ।

– संभव भएसम्म दौडने अभ्यास गरौं ।

– हप्तामा एक पटक उपवास बस्ने अभ्यास गरौ । त्यसदिन केवल पानी, कागती पानी, दुध, जुस, सूप, सलाद र फल मात्र सेवन गरौ ।

प्रतिक्रिया दिनुहोस्