८ माघ : शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ र कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ अबिगक भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ।हामी यसलाई फुटेको छाला भनेर चिन्छौ । यस्तो समस्यालाई सजिलै संग हटाउन सक्रिन्छ ।केहि प्राकृतिक, सस्तो र घरेलु उपायहरू छन्, जसले हात र खुट्टाको फुटेको छालालाई हटाउनमा मद्दत गर्दछ।
बेकिङ्ग सोडा :
फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।
चिनी :
आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्। त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ। यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।
भुइँकटहर :
भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्। केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।