जानिराखौं ! एउटा मोबाइलको फोन नम्बर अर्कोमा सार्नुपर्दा अपनाउनुहोस् यी तरिकाहरु



८ माघ : एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्नुपर्ने धेरैलाई परिरहेको हुन्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप गर्नुपर्ने झन्झट नै धेरैजसोले स्विकारेको पाइन्छ । यो निकै झूर तरिका हो । हजारौं नम्बर यसरी एउटा मोबाइलबाट अर्कोमा सार्न कम्ता मुस्किल पर्दैन । तर, एउटा मोबाइलमा राखिएका नम्बर तुरुन्तै अर्कोमा पठाउन सकिने सजिला तरिका पनि छन् । सिकिराख्नुहोस्, उपयोगी हुन्छ :

गुगल कन्ट्याक्टबाट
तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबै फोन नम्बर गुगल कन्ट्याक्ट्स सेभ हुन्छ । यसलाई तपाईंको जिमेल आइडीसँग सिन्क गरिदिनुहोस् । अब, नयाँ फोनमा जिमेल आइडी ओपन गरेपछि सबै फोन नम्बर उपलब्ध हुन्छ । तपाईंलाई जिमेल लगइन गर्न जति समय लाग्छ, उति समयमा सबै फोन नम्बर आउँछ ।

ब्लूटुथको माध्यमबाट
मोबाइलमा रहेका फोन नम्बर ब्लूटुथको माध्यमबाट अर्को मोबाइलमा सार्न सकिन्छ । यसका लागि स्मार्टफोन हुनैपर्ने जरुरी रहँदैन । यदि फोनमा ब्लूटुथ छ भने सबै कन्ट्याक्ट्स नम्बर सेलेक्ट गरेर सेड अप्सनबाट ब्लूटुथ सेलेक्ट गरी नम्बर पठाउन सकिन्छ । यो पनि केही सेकेन्डको काम हो ।

भिसिएफ फाइलबाट
फोन नम्बर एउटा मोबाइलबाट अर्कोमा पठाउने एउटा तरिका VCF फाइल पनि हो । यो फाइललाई भेरियन्ट कल फम्र्याट पनि भनिन्छ । यसका लागि मोबाइलका सबै फोन नम्बरहरु सेलेक्ट गरेर एक्स्पोर्ट गरिदिनुहोस् । सबै नम्बरको भिसिएफ फाइल बन्छ । यसलाई अर्को मोबाइलमा सीधा रन गराउन कन्ट्याक्ट इन्स्टल गर्न सकिन्छ ।

सिम कार्डबाट
सिम कार्डबाट पनि एउटा मोबाइलका फोन नम्बर अर्कोमा सार्न सकिन्छ । तर, सिममा नम्बर सेभ गर्ने सिमित ठाउँमात्रै हुन्छ । त्यसैले यो काम निकै स्लो हुन्छ । यसका लागि प्रयोगकर्ताले सुरुमा मोबाइलको नम्बर सिममा सार्ने र फेरि अर्को मोबाइलमा त्यही सिम राखेर नम्बर सार्न सकिन्छ ।

थर्ड पार्टी एप्सबाट
एन्ड्रोइड स्मार्टफोनमा थर्ड पार्टी एप्सको मद्दतबाट पनि फोन नम्बर ट्रान्सफर गर्न सकिन्छ । गुगल प्ले स्टोरमा contact transfer backup को कुनै एप्स हुन्छ । यसले मोबाइल नम्बरलाई ब्लूटुथ, वाईफाई, इमेलजस्तै गरी ट्रान्सफर गर्न सक्छसकेको लागि मिलाईदिने अलौकिन स्थान !

प्रतिक्रिया दिनुहोस्