कस्तो अचम्म ! फेसबुकबाट कुरा मिलाएर होटेलमा भेट्दा बुहारी परेपछि !



कहिल्यै नभेटका र नदेखेकाहरु सोसियल मिडियामार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही सोसियल मिडियाले गराइदिएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि सोसियल मिडिया मार्फत् साथी बन्न सक्छन् ।

कुरो केहि समय अगाडि चीनको हो। अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास भएको छ । चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो ।

ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर सोसियल मिडियामा कुराकानी गर्दर्थे । दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म सोसियल मिडियामै कुराकानी भयो ।

कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको मालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो ।

लिलिका श्रीमान् घर बाहिर गएका थिए । श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त सोसियल मिडिया एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहा पाएपछि उनी रंगेहात समात्न पुगे ।

लिलीले होटलको ढोका ढकढक्याउँदा ससुराले ढोका खोले । दुवै लाजले रातो पीरो भए। पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि दुवइलाई रंगेहात पक्राउ गरे रलफडा सुरु
भयो ।

लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले सोसियल मिडिया लभको चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्