जान्नुहोस ! ज्योतिष शा्स्त्र अनुसार कुन अंग फरफराउँदा कस्तो फल प्राप्त हुन्छ ?



– दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।

– यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

– दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।

– यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।

– ढाड फरफराए केही विपदको सम्भावना रहन्छ ।

– छाती फरफराउँदा साथिसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।

– दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

– समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

– टाउकोको अलग,अलग भाग फरफराउँदा त्यसले पनि फरक(फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ ।

– दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्