नवलपरासीको मेलमिलाप केन्द्रमा किन गरे स्थानियले तालाबन्दी ?



नवलपरासी,  ८ माघ: नवलपरासी जिल्लाकाे प्रतापपुर गाउ पालिका वडा ६ गुठी प्रसाैनी साबिक गुठी परसौनी वडा नम्बर २ मा रहेकाे सामुदायिक मेलमिलाप केन्द्रकाे कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेका छन ।

केन्द्रका संयाेजक महासय कोइरीले एकलाैटी रुपमा कार्यालय संचालन गरेकाे तथा हैकमबादी व्यवहार गरेकाे, अाफिसको दराज घर राखेको लगायतका अारेापका साथ सामुदायिक मेलमिलापका संयाेजक परिवर्तन गरिनुपर्ने माग राख्दै तालाबन्दी गरिएकाे स्थानिय युवराज माैर्याले संचारकर्मी लाई बताए । केही समय अगाडि कोइरी लाई कुल २७ सदस्य मध्ये २१ जनाको निर्णय अनुसार संयोजक परिवर्तन गर्ने लिखित सम्झौता समेत भएको बुझिएको छ ।

तालाबन्दी मेलमिलाप केन्द्रका सदस्य लक्ष्मी प्रसाद हरिजनकाे नेतृत्वकाे समुहले गरेकाे बताइएकाे छ । सामुदायिक मेलमिलाप केन्द्रकाे सयाेजक परिवर्तन गरिनुपर्ने भनी माग राख्दै लक्ष्मीप्रसाद हरिजन र राम गाेबिन्द काेईरीकाे हस्ताक्षर रहेकाे ज्ञापन पत्र प्रतापपुर गाउपालिकाकाे उपप्रमुख मन्जु चौधरीलाई बुझाएका छन् । उता संयोजक महासय कोइरीले अाफुलाई छिमेकीको दवाबमा राजनितीक प्रतिसोधमा झुठो अारोप लगाइएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्