मिस नेपाल २०१८ को लागी आवेदन खुल्ला



काठमाडौं, ८ माघ

यस बर्षको मिस नेपाल २०१८ को लागी आवेदन खुल्ला गरिएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि आवेदन खुला गरिएको जानकारी दिइएको हो ।

द हिडेन ट्रेजर ‘मिस नेपाल २०१८’को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ । यस्तै, कलर्स मोबाइल, लिभोनले सह—प्रायोजन गर्नेछन् । यो बर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ चयन गरिनेछ ।

विरगञ्ज, विर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा अडिसन हुनेछ । अन्तिम अडिसन भने काठमाण्डौमा हुने पत्रकार सम्मेलनमा बताइएको छ ।

उमेरको हकमा १९ बर्षदेखि २५ बर्षसम्मका यूवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवदेन सक्नेछन् । अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धीलाई ७ हप्ता प्रशिक्षण दिइनेछ । बिहे नगरेका, बिबाहको बचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो शर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्