सरस्वती पुजाको दिन छत्रदेव गाउपालिकाको विभिन्न स्थानमा पुजाआजा



अर्घाखाँची ८ माघ : श्रीपञ्चमि अथवा बसन्त पञ्चमि अर्थात सरस्वती पुजाको दिन छत्रदेव गाउपालिकाका विभिन्न स्थानमा पुजाआजा सम्पन्न भएको छ।छत्रदेव गाउपालिकाका निजी तथा सामुदायिक बिद्यालयमा विभिन्न कार्यक्रम गरि सरस्वतीको पुजा गरिएको छ। छत्रदेव गाउँपालिकाका निजि बिद्यालय हिमालयन बोर्डिङ स्कुल छत्रदेव ३ कालिका बोर्डिङ स्कुल छत्रदेव ४ मालिका बोर्डिङ स्कुल छत्रदेव ६ धौलागिरी बोर्डिङ स्कुल छत्रदेव ८ तथा सामुदायिक बिद्यालयतर्फ महेन्द्र बिधाबोध मावि छत्रदेव २ सार्वजनिक मावि छत्रदेव ५ जनकल्याण मावि जनसेवा प्रावि तथा भगवती प्रावि छत्रदेव ७ तथा सरस्वती मावि छत्रदेव ८ मा सरस्वती पुजाको अवसरमा पुजा सम्पन्न भएको हो।यसैगरी छत्रदेव गाउपालिकाको वडा न ४ मा रहेको सारदा माविमा पुर्व बिद्यार्थीहरुले स्थापना गरेको सरस्वती मन्दिरमा पनि पुजा गरिएको छ।उक्त मन्दिरमा विगत केही महिना अघिमात्र सरस्वतीको मुर्ति हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्