जहाँ समस्या, त्यहाँ सजिलो मर्मत सेवा



८, माघ : घरमा धारा बिग्रियो? टिभी वा फ्रिज बिग्रियो? कसलाई सम्पर्क गर्ने? कता बनाउन जाने? कसरी लाने? यो मेरो मात्र होइन, हामी प्राय: सबैको समस्या हो । यही समस्याको समाधान घर-घरमै गएर गर्न सजिलो मर्मत सेवा आइपुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर-घरमै पुगेर सेवा दिने लक्ष्य सहित स्थापना भएको सजिलो मर्मत सेवाले प्लम्बिङ, विद्युत, कम्प्युटर हार्डवेयर, नेटवर्किङ तथा अन्य घरायसी सामाग्रीहरुको जडान तथा मर्मत सेवा प्रदान गर्छ ।

सजिलो मर्मत सेवाका अनुसार, कम्पनीमा १ सय भन्दा धेरै अनुभवी प्लम्बर र इलेक्ट्रिसियनहरु उपलब्ध छन् । आफ्ना टेक्निसियनहरु काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा छरिएर रहेका हुनाले सेवा छिटो र भरपर्दो हुने कम्पनीको दावी छ । “जहाँ समस्या, त्यहाँ सजिलो” मन्त्र सहित आएको कम्पनीले सेवाग्राहीका लागि वार्षिकरुपमा करार तथा आवश्यकता अनुसार ‘अन कल’ सुविधा दिने जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहँदा, आफूले घरायसी मर्मत सेवा सम्बन्धि सुविधा पाउन अप्ठ्यारो रहेको तर अर्कोतिर टेक्नीसियनहरुले बजारमा चाहिएको मात्रामा ग्राहक र काम नपाएको महशुस गरेर सजिलो मर्मत सेवाको कन्सेप्ट आएको संस्थापक सुजित रेग्मी बताउँछन् । सजिलो मर्मत सेवा सुजित रेग्मी तथा उनका साथीहरुले काठमाडौँ विश्वविद्यालयको हाताभित्रैबाट सुरु गरेका हुन् । उद्यमी विकास कार्यक्रम अन्तर्गत नेपाल टेलिभिजनमा सुचारु ‘आइडिया स्टुडियो – सिजन २’ मा, यो समूहले राम्रो प्रशंसा पाएको थियो ।

हुन त यसअघि पनि घरमर्मत सेवा सजिलो बनाउन होम रिपेयर एप लगायतका कम्पनीहरु आइसकेकाछन् । कतिपय कम्पनी बन्द भइसके भने केही अझै सञ्चालनमा छन् । नाम अनुसारकै काम हुन सकोस्, सजिलो मर्मत सेवालाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्