सोनी वर्ल्ड फोटोग्राफी अवार्ड : पहिलो, दोस्रो र तेस्रो भएका नेपालका फोटो



८ माघ : सोनी वर्ल्ड फोटोग्राफी अवार्डस् वर्षेनी हुने फोटोग्राफी अवार्ड हो। यसमा प्रोफेसनल, ओपन र युथ गरी तीन वटा प्रतियोगिता समूह हुन्छ। त्यसमध्येबाट पनि नेसनल भनी देशगत रुपमा उत्कृष्ट तीन फोटो छुट्याइन्छ। यो वर्ष पहिलो पटक यसमा नेपाल पनि परेको थियो। नेपालसँगै कम्बोडिया, पाकिस्तान, कतार, साउदी अरेबिया, श्रीलंका र युएई यो वर्ष थप हुँदा नेसनल अवार्ड ६६ वटा देशका घोषणा भएका थिए। २ लाख २७ हजार ५९६ वटा कूल फोटो सहभागी भएको यो प्रतियोगितामा नेपालबाट कति फोटो परेको थियो भन्ने चाहिँ खुलाइएन। नेपालका फोटोहरुमध्येबाट शशांक चित्रकारको फोटो पहिलो, उद्धव केसीको दोस्रो र अजय महर्जनको तेस्रो भयो। तेस्रो भएको अजय महर्जनको फोटो सिएनएन लगायत अन्य मिडियामा पनि आए पनि पहिलो र दोस्रो हुने फोटो भने त्यति चर्चामा आएको देखिएन। हेरौँ अवार्ड जित्ने तीन वटै फोटो ।

पहिलो भएको फोटो : द ब्यालेरिना


मञ्चमा ब्याले डान्स गरिरहेको जस्तै देखिने यो फोटो चितवन राष्ट्रिय निकुञ्जमा अगस्त २०१६ मा खिचिएको हो। खासमा यो सेतो बकुल्ला सेतो आकाशमा उडेको बेलाको हो। सामान्य कुरामा पनि सौन्दर्य खोज्न कति सजिलो छ भन्ने यसले देखाउँछ ।

दोस्रो भएको फोटो:द एक्साइटमेन्ट

पाटनको मंगलबजारमा वर्षेनी हुने मच्छिन्द्रनाथको रथ यात्रामा खिचिएको फोटो। हरेक वर्ष हजारौँ यो रथ तान्ने जात्रामा सहभागी हुन्छन्। फोटोमा रथ हेर्नका लागि आतुर भएर उफ्रेका व्यक्ति देखिन्छन् ।

तेस्रो भएको फोटो : द बिलिभिर्स

भक्तपुरमा कृष्ण जन्माष्टमिका दिन माटोको दियोमा बत्ती बालेका हिन्दु केटा ।

प्रतिक्रिया दिनुहोस्