गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक



९ माघ: चर्चित गायक कमल खत्री र कल्पना कुसुमको स्वरमा रहेको गित ‘सास विनाको धड्कन’ बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । मिलन मिश्र र सिता भण्डारीको अभिनय रहेको भिडीयोको सम्पुर्ण दृश्य अष्ट्रेलियामा छायाँकन गरिएको हो ।

१०० भन्दा वढि गितमा स्वर भरेका कमल खत्री र दर्जनवढि गितमा स्वर भरेकी गायीका कल्पना कुसुमको स्वर तथा भिडीयो हेर्ने अधिकासं दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । कमल खत्रीको लिरीक्स तथा म्युजिक रहेको गीतमा विजेश्वरराज तन्दुकारको एरेन्ज रहेको छ । गितको भिडीयोलाई नेत्रजंग पाण्डेले निर्देशन गरेका हुन । नेत्रजंग अष्ट्रेलियामा वसेर म्युजिक भिडीयो निर्माणमा पनि व्यस्त छन् । भिडीयोलाई विनोद केसीले छांयाकन गरेका छन् । भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्