‘कोहलपुर एक्सप्रेस’ : गीत सार्वजनिक (फिचरिङ रिमा)



नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि ओे डब्लु काउ’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायक राजनराजलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् ।

राजनराजले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिका केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकार विनोद न्यौपाने र गम्भीर विष्टको अभिनय रहेको छ । पहिलो पटक रीमा र गम्भीर एक साथ देखिएका छन् । सिनेमामा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको अभिनय रहेको छ । सिनेमालाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । भण्डारीले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको सिनेमामा राजनराज सिवाकोटीसँगै अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत रहेको छ ।

केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’को निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहेको सिनेमाले तीन यूवतीको कथा भन्नेछ । सिनेमा बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्