“प्याडम्यान” फेब्रुअरी ९ मा रिलिज हुने सारियो मिती आखिर किन ?



बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा “प्याडम्यान” जनवरी २५ मा रिलिज मिति तोकिए पनि अब फेब्रुअरी ९ मा रिलिज हुने भएको छ । अक्षयले मुम्बईमा पत्रकार सम्मेलन गर्दै आफ्नो सिनेमाको रिलिज डेट सार्नुको रहस्य खुलाएका थिए ।

पद्मावती निर्देसक संजय लिला भन्सालीले आफ्नो सिनेमाले विभिन्न उल्झनहरु झेल्दै आएको कारण पछिल्लो समय बक्स अफिसमा सधैँ छाउन सफल रहेका अक्षयलाई “प्याडम्यान” को रिलिज डेट सार्न अनुरोध गरेका थिए । त्यसपछि अक्षय कुमारले पनि “प्याडम्यान”को रिलिज डेट सारेका थिए । त्यसैले पनि भन्साली जीवनभर अक्षयप्रति आभारी रहने भन्सालीले बताएका छन् । निर्देशक भन्साली र अक्षयले थुप्रै सिनेमासँगै गरेका छन् । भन्सालीले बनाएको सिनेमा “राउडी राठौर” मा अक्षयकुमारले मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्