हरिबंश आचार्यको अभिनय हेरेर नहास्ने को छ । तर उनी SLC मा तिन पल्ट बल्ड्याङ खाएका मान्छे हुन् । रेखा थापाको फिल्म कल्ले हेरेको छैन । तर उनी हाइस्कुल ड्रप आउट सटूडेन्ट हुन् । यस्तै मिठो स्वरका धनी रामकृष्ण ढकालले जम्मा सात कक्षासम्म पढेका थिए ।
के रविन्द्रनाथ टैगोरलाई गितान्जली लेख्न कसैले सर्टिफिकेट माग्यो ? के कसैले वास्ता गर्छ कि पेलेले कतीसम्म पढेका थिए ? स्कुलनजादैमा थोमस एडिसनलाई केही फरक पर्यो ?
कलेजको पढाइ यदि तपाईको हितमा छैन भने त्यसलाई प्राथमिकता नदिनुहोस् । तपाईको मन चंगा खोज्छ तर स्कुलले ढुंगा दिन्छ भने त्यो के काम । माछाको ठाउमा सर्प पाइन्छ भने नलिएकै बेस ।
उजागर त तपाईको चाहनाको क्षेत्रलाई गर्नुहोस् । क्रिकेट खेलेर सनिन तेन्दुल्कर बन्नु छ भने त्यो छान्नुहोस् जसरी ब्रुस ली ले गरेका थिए । उनी अभिनयमा उठ्न चाहन्थे तर घाडो बनेको थियो कलेज । पछी उनले पढाइ त्यागे र प्रख्यात बने ।
पढाइ छोड्नु होइन, पढाइ जोड्नुपर्यो – सहि ठाउँमा । मेहेनत गर्ने हो, संघर्ष गर्ने हो, ठाउँ ठाउँमा परिक्षा पनि दिने हो तर मनले खाएको विषयमा मात्र ।
मेरो भन्नु यती मात्र ! अव विवेक तपाईले लगाउनुहोस् ।